भुस्याहा कुकुरको टोकाइबाट धनगढीमा चार घाइते

धनगढी, कार्तिक, १४ । कैलालीको धनगढी उप-महानगरपालिका-३ बोराडाँडी केदारटोलमा भुस्याहा कुकुरको टोकाइबाट चार जना घाइते भएका छन् । स्थानीयका अनुसार केदार टोलमा मंगलबार र बुधबार गरी चार जना कुकुरको टोकाइमा परेका हुन् ।

 

वडा नम्बर ३ का कार्यवाहक वडाध्यक्ष ओम चन्दका अनुसार चारमध्ये दुई जनाको धनगढीमा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको छ । एक जनालाई भारतको लखनउ लगिएकोे छ भने अर्का एकको अवस्था सामान्य रहेको छ ।

 

भुस्याहा कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी ११ वर्षीया हिमान्सु वडू र २८ वर्षीय लोकेन्द्र भण्डारीलाई उपचारका लागि काडमाडौं पठाइएको छ । घाइते दुवै जनाको गालाको चोक्टा निस्किएको छ । कुकुरको टाकाइबाट घोइते भएकी ४४ वर्षीया राजेश्वरी खनालको अवस्था सामान्य रहेको छ ।

 

एकै टोलमा चारवटा भुस्याहा कुकुरले सर्वसाधारणलाई टोकेर आतंक मच्चाएपछि तीन कुकुरलाई मासुमा विष राखेर मारिएको छ । भने एक कुकुर अझै फेला पर्न नसकेको कार्यवाहक वडाध्यक्ष चन्दले बताए ।

कमेन्ट गर्नुहोस्