डडेल्धुरामा जिप दुर्घटनाः एकको मृत्यु, २ जना गम्भीर घाइते

डडेल्धुरा, कार्तिक १४ । जिल्लाको गन्यापधुरा गाउँपालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–२ मालीगाउँकी ४३ वर्षीया कुमारी देउवा रहेकी छन् । सदरमुकाम डडेल्धुराबाट गन्यापधुरा गाउँपालिकातर्फ गइरहेको म१ज ३११ नम्बरको जिप बुधबार बेलुकी सोही गाउँपालिका–२ मैलोडामा दुर्घटना भएको हो।

दुर्घटनामा आठजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छन्। कुमारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

घाइते हुनेहरूमा गन्यापधुरा गाउँपालिका–२ का ४७ वर्षीय कर्ण देउवा, ४० वर्षीया सरुदेवी देउवा, ३३ वर्षीय लोकेन्द्र देउवा, १४ वर्षीया विमला देउवा, ३० वर्षीय योगेन्द्र देउवा, ६ वर्षीय सुवास देउवा, ३५ वर्षीय देवबहादुर देउवा र ११ वर्षीया मनिषा देउवा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

घाइतेहरूको डडेल्धुरास्थित क्षेत्रीय अपस्तलमा उपचार भइरहेको र गम्भीर घाइते ४७ वर्षीय कर्ण र ६ वर्षीय सुवासलाई जिल्लाबाहिर पठाइको जनाइएको छ। दुर्घटनाको कारण भने खुलेको छैन।

कमेन्ट गर्नुहोस्