चुट्किला : सिङ्गै बोतल एउटै पेग

नराम्ररी रक्सीको लत लागेको एउटा मान्छे डाक्टरकहाँ गएछ ।

मान्छे:- डाक्टर साहब जसरी भए पनि मेरो रक्सी छुटाइदिनु पऱ्यो !

डाक्टरले सोधे :- दिनमै कतिसम्म पिउनु हुन्छ ?

मान्छे:- सधैँ चार पेग मात्र हो हजुर !

डाक्टर:- बिस्तारै कम गर्दै लानु पर्छ । आजदेखि तीन पेग मात्रै लिनुस, हुन्न ? ल एक हप्तापछि भेटौँ ।

याे पनि पढ्नुस  चुट्किला: निःसन्तान हम जायेगा !

एक हप्तापछि त्यो मान्छे फेरि डाक्टरकहाँ गयो ।

डाक्टरले सोधे:- अब कति पिउनु हुन्छ ?

‘हजुर दिनमै तीन पेग मात्र !’ मान्छेले भन्यो ।

‘गुड !’ डाक्टरले भने, ‘अब एक पेग फेरि कम गर्ने । एक हप्तासम्म दिनको दुई पेग मात्रै लिनुस ।’

याे पनि पढ्नुस  चुटकिला: भ्यागुताको भविष्य

फेरि एक हप्तापछि रयो मान्छे डाक्टरकोमा आयो ।

डाक्टरले सोधे, ‘ अब कति पिउनु हुन्छ त ?’

‘हजुर, दिनको दुई पेग मात्र !’ मान्छेले भन्यो ।

‘भेरी गुड ! मैले भानेको थिए नि बिस्तारै कम हुन्छ ।’ डाक्टरले भने, ‘अब दिनको एक पेग मात्र लिनुहोला, हुन्न ?’
त्यस मान्छेले निराश हुँदै भन्यो, ‘हजुर हुन त हुन्थ्यो होला तर पुरै बोतल एकै पेगमा सिध्याउनु पो कसरी ?’

याे पनि पढ्नुस  चुटकिला : डाक्टर कै उपचार

 

कमेन्ट गर्नुहोस्