मंसिरभित्र मेलम्चीको पानी छाड्न मन्त्रालयको निर्देशन

काठमाडौं, कार्तिक १५ । अन्तिमसम्म मेलम्चीको सुरुङ परीक्षण गर्ने तयार भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म कुल २७.५८४ किलोमिटर सुरुङमध्ये ५ किलोमिटर सुरुङ मात्र ढलान हुन बाँकी छ ।

 

बाँकी ढलानको कामले गति लिएकाले मंसिरको अन्तिमसम्म सुरुङ परीक्षण गर्ने तयारी भइरहेको आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए ।‘मन्त्रालयले त हामीलाई २० मंसिरभित्रै जनताको घरमा पानी छाड्ने गरी काम गर्न भनेको छ,’ उनले भने, ‘मंसिर अन्तिमसम्म सुरुङको परीक्षण सक्छौँ होला ।’

याे पनि पढ्नुस  मेलम्ची आयोजना छिटाे सम्पन्न गर्न खानेपानी मन्त्री बीना मगर सक्रिय

 

सुरुङभित्र जडान गर्नुपर्ने गेट र गियरवालहरू चीन र भारतबाट आइसकेकाले सुरुङ ढलान सक्नेबित्तिकै उपकरण जडानको काम पनि सम्पन्न हुने उनले दाबी गरे । उपभोक्ताको धारामा पानी भने सुरुङको परीक्षण सफल भए मात्र पठाउन सकिने उनले बताए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्