Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

न्यूजिल्याण्ड पाकिस्तानसँग २ रनले हार्‍यो

एजेन्सी । न्यूजिल्याण्डसँग भइरहेको पहिलो टि–२० खेलमा पाकिस्तानले रोमाञ्चक जित दर्ता गरेको छ । उसले न्यूजिल्याण्डमाथि २ रनको रोमाञ्चक जित निकालेको हो । यो जितसँगै पाकिस्तानले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता लिएको छ । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा ६ विकेटको क्षतीमा १४८ रनको योगफल बनाएको थियो ।

 

पाकिस्तानका लागि मोहम्मद हफिजले सर्वाधिक ४५ रनको योगदान दिए । त्यस्तै सफ्र्राज अहमेदले ३४, आसिफ अलिले २४ रन बनाए । बलिङतर्फ एडम मिल्नेले २ विकेट लिँदा अजाज पटेल, कोलिन डि ग्राण्डहोम र इस सोधीले १–१ विकेट लिए ।

 

१४९ को लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रनमा समेटियो । कोलिन मुनरोले ५८ रनको अर्धशतकीय योगदान दिएपनि टिमलाई जित दिलाउन सकेनन् । रोस टेलर ४२ रनको योगदान दिएपनि अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन । न्यूजिल्याण्डलाई हराउनका लागि हसन अलिले ३ विकेट लिए भने इमाद वासिम र सकिब अल हसनले १–१ विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: