पोखरा प्रिमियर लिगः चितवन र काठमाडौं खेल्दै, पारसको टोलीलाई जित्नै पर्ने दबाब [LIVE]

काठमाडौं, कार्तिक १५ । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत बिहीबारको पहिलो खेल हुलास काठमाडौं रोयल्स र चितवन राइनो खेलि रहेका छन् । रोयल्सले टस जितेर फिल्डिङ रोजेको छ । काठमाडौंले पहिलो दुवै खेल जिते पनि रन रेटका आधारमा टोली बुटवल ब्लास्टर्स र पोखरा पल्टनभन्दा पछाडि रहेको छ ।

याे पनि पढ्नुस  पिपिएल विजेतालाई २० लाख पुरस्कार, उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने

 

पहिलो दुवै खेल हारेको चितवनले बुधबार एक्सपर्ट धनगढी ब्लुजलाई १२६ रनले पराजित गरी लय समातेको थियो। दुवै टोलीले आफूले खेलेको अघिल्लो खेलबाट प्लेयिङ ११ मा कुनै खेलाडी परिवर्तन गरेको छैन।

कमेन्ट गर्नुहोस्