समिर र विद्याको जोडीले पायो एक करोड (भिडियोसहित)

गायक समीर आचार्य र गायिका विद्या तिवारीको ‘पिच रोड’ करोड क्लबमा प्रवेश गरेको छ ।

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका गायक आचार्यले नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका छन् भने गायिका विद्या तिवारी भ्वाइस अफ नेपाल कि एक सशक्त प्रतिस्पर्धी रहेकी छन् ।

याे पनि पढ्नुस  यी युवा अनमोलदेखि सलमानसम्म क्यारिकेचर गरेको भिडियो हेर्नुहोस्

विदेशमा रहेर पनि नेपाली सांगीतिक बजारमा समीरले एकपछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएका छन् ।

यस गीतको शब्द तथा संगीतमा राजेन्द्र भट्ट र सन्तोष कुमार रहेका छन् भने छायाँकार रामकुमार केसीले म्युजिक भिडियोलाई छायांकन गरेका हुन् । निर्देशक टेकेन्द्र साहले निर्देशन गरेको यस भिडियोमा चर्चित नायिका आंचल शर्मा र सुसान्त खत्रीको बेजोड नृत्यको साथमा अभिनय देख्न सकिन्छ । छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल गीत ‘पिच रोड’ को सफलता देखेर गायक समिर अहिले दंग परेका छन् ।

याे पनि पढ्नुस  सामाजिक सञ्जालमा यी जोडी भाइरल बन्दै (भिडियोसहित)

नेपाली गीत संगीत प्रेमीहरुको अपार माया तथा यस गीतको म्युजिक भिडियोलाई दर्शकहरुले अत्याधिक मन पराई दिएकोमा सम्पूर्ण भियोर्सलाई गायकले धन्यवाद समेत दिएका छन् भने आगामी दिनहरुमा समेत यस्तै माया र साथको अपेक्षा समेत गरेका छन् ।

भिडियो हेर्नुहोस–

कमेन्ट गर्नुहोस्