Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

१६ लाख बढीको रिचार्ज कार्डसहित एकजना पक्राउ

दाङ, कार्तिक १५ । दाङमा रिचार्ज कार्ड चोरी गरेर बिक्री गरेको अभियोगमा एकजनालाई पक्राउ परेका छन् । रिचार्ज कार्डसहित रोल्पा माडी गाउँपालिका–१ का २१ वर्षे दलबहादुर पुन पक्राउ परेका हुन् ।

 

असोज २३ गते नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी गरेको उजुरी प्रहरीमा परेको थियो । प्रहरीले उजुरी परेको २१ दिनपछि १६ लाख १० हजार रुपैयाँ बराबरको रिचार्ज कार्डसहित पुनलाई पक्राउ गरेको हो ।

 

पुनले ससुराली प्युठान स्वर्गद्वारी नगरपालिका–७ मा लुकाइ राखेको अवस्थामा रिचार्ड कार्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरी शर्माले जानकारी दिए । पक्राउ परेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको र चोरी मुद्दा दर्ता गरेर कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: