‘महिला गीतकार सम्मान’बाट खत्री सम्मानित

काठमाडौं, असोज १५ ।

साहित्यकार गीता खत्रीलाई बुधबार ‘महिला गीतकार सम्मान’बाट सम्मानित गरिएको छ ।

महिला गीतकार संघ नेपालले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको अवसरमा राजधानीमा आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा सम्मान समारोह २०७५’ का अवसरमा साहित्यकार तथा गीतकार खत्री सम्मानित भएकी हुन् ।

याे पनि पढ्नुस  रोजगारी पाउने लोभमा ठगिए १७ युवा

उनलाई वरिष्ठ साहित्यकार भद्रकुमार घले, महिला गीतकार संघ नेपालका अध्यक्ष अस्मिता भण्डारी र संघका प्रमुख संरक्षक उन्नति बोहोरा ‘शीला’ले सम्मान गरेका थिए ।

कार्यक्रम आयोजक महिला गीतकार संघ नेपालले प्रमुख अतिथि भद्राकुमारी घले र विशिष्ट अतिथि राधेश्याम लेकालीलाई पनि सम्मान गरेको थियो । प्रमुख अतिथि घलेले नेपाली साहित्यमा महिलाहरुको क्रियाशीलता देखेर आफू प्रफुल्ल रहेको बताइन् ।

याे पनि पढ्नुस  तेह्र दिनको काजक्रिया पाँच दिनमा सिध्याउने क्रम बढ्दै

सो अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष समेत रहेकी सम्मानित खत्रीले ‘महिला गीतकार सम्मान’ प्राप्त भएपछि आफूमा अझै बढी जिम्मेवारी थपिएको महशुस गरेको उल्लेख गरिन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार गोपीकृष्ण प्रसाई, लक्ष्मी उप्रेती, गुञ्जनका पूर्व अध्यक्ष गीता केशरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरीको अध्यक्षमा बानियाँ

नोट

सेतो टोपी लगाउने भद्रा कुमारी घेले
ढाकाको ब्लाउज लगाउने अस्मिता भण्डारी
दुबोको माला लगाउने पुरुष राधेश्याम लेकाली
दुबोको माला र रातो सारी लगाउने गीता खत्री

केही झलकहरु-

कमेन्ट गर्नुहोस्