पोखरा प्रिमियर लिगः पारसको चितवनद्वारा काठमाडौंलाई १५० रनको चुनौति [LIVE]

काठमाडौं, कार्तिक १५ ।  पोखरा प्रिमियर लिग अन्तर्गत आज भइरहेको पहिलो खेलमा पारस खड्का कप्तान रहेको चितवन राइनोजले काठमाडौं रोयल्सलाई ११५० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

उसले ५ विकेटको क्षतीमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको काठमाडौंलाई १५० रनको लक्ष्य पछ्याएको हो । काठमाडौंका लागि सर्वाधिक हरिशंकर शाहले ६० रन बनाए ।

याे पनि पढ्नुस  पोखरा प्रिमियर लिगः पोखराद्वारा धनगढीलाई १४५ रनको लक्ष्य [LIVE]

४९ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । उनले अनिलकुमार साहसँग पहिलो विकेटमा ७.२ ओभरमा ५४ रन जोडे । अनिलले २७ बल खेली ३ चौका र १ छक्का प्रहार गरी २७ रन बनाए ।

कप्तान पारस खड्का १४ रनमा नन्दन यादवद्वारा बोल्ड भए । भारतीय खेलाडीद्वय स्मित पटेलले २४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ र सन्नी पटेलले ७ बलमा १३ रन बनाएका थिए ।

याे पनि पढ्नुस  पोखरा प्रिमियर लिगः पोखरा पल्टन र काठमाडौं रोयल्स खेल्दै

काठमाडौंका बसन्त रेग्मीले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । नन्दन र पवन सर्राफको नाममा १-१ विकेट रह्यो । पहिलो दुवै खेल हारेको चितवनले बुधबार एक्सपर्ट धनगढी ब्लुजलाई १२६ रनले पराजित गरी लय समातेको थियो। दुवै टोलीले आफूले खेलेको अघिल्लो खेलबाट प्लेयिङ ११ मा कुनै खेलाडी परिवर्तन गरेको छैन।

याे पनि पढ्नुस  पोखरा प्रिमियर लिगः काठमाडौं र विराटनगर खेल्दै [LIVE]

कमेन्ट गर्नुहोस्