अमेरिकामा यसरी मनाए नेपालीहरु समेतले हालोविन पर्व

विजय थापा

कार्तिक १५ ।

प्रत्येक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व २०१८ हर्षोल्लासका साथ नेपाली समुदायले पनि मनाएका छन् ।

अमेरिकामा विभिन्न राज्यमा समय फरक भएको कारण अगाडि र पछाडि मनाउने क्रम जारी रहेको छ । नेपालीको महान चाड दशैँ मनाइसकेका नेपाली समुदायले नजिकै आउँदै गरेको तिहारअघि हालोविन पर्वलाई हृदयदेखि नै स्वागत गर्दै अमेरिकामा जन्मेका दोश्रो पुस्ता तथा छोराछोरीको साथमा अभिभावक सहितले हालोविन पर्व मनाएका छन् ।

आफ्नो चाडपर्वका साथै अमेरिकामा मनाइने ईसाई पर्व (क्रिसमस) थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस) सहित हलोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले मनाउन सुरु गरेका छन् ।

नेपालीले तिहारमा देउसी-भैलो खेलेझैँ अमेरिकाका बालबालिकाहरुले ‘ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर’ भन्दै हालोविन हलोविन पर्व मनाएका छन् । साथै ह्यापी हालोविन भन्ने पनि चलन छ । यसरी विदेशीहरुले खेलेझैँ नेपाली बालबालिका किशोर किशोरीहरुले समेत आफ्ना छर छिमेक र नजदिक पर्ने ठाउमा हलोविन पर्व हर्सौल्लासका साथ मनाएका छन् ।

याे पनि पढ्नुस  राष्ट्रपति पुटिन उत्रिए ट्रम्पको बचाउ पक्षमा

प्राय:जसो कालो रंगको पोशाक अधिकांश देखिए तापनि विभिन्न भूतप्रेतको विभिन्न रङ्गका पोसाकमा आएका बालबालिकाले आफूले ल्याएको झोलामा मिठाई माग्ने र घरधनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई बाढेका छन् । हेलोविन खेल्न आउनेलाई पैसा दिनुपर्दैन ।

बालबालिका तथा किशोरकिशोरीले मिठाई माग्ने गर्छन । यसरी बालबालिका खेल्न जाँदा उनीहरुको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरुको साथमा अभिभावक पनि साथमा जाने चलन छ र जानुपर्छ ।

घरबेटीले अन्य खाने कुराहरु दिनुपर्दैन । नेपालको तिहारको समय र हेलोविनको समय कहिलेकाहीँ एक-दुई दिनको फरकमा पर्न जान्छ । बालबालिकाले पहेला, निला, काला, सेता वस्त्र, भूतप्रेतझैँ, होलिका, मुकुण्डो, नकाव, भोजमा लगाईने विशेष पोशाकमा घर ,बजार तथा ठुला-ठुला बिशाल बजारमा गएर मिठाई मागी मनोरंजन गर्दछन ।

हालोविन के हो रु र किन मनाइन्छ ?

हालोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै मुलुकहरुमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो । हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।

याे पनि पढ्नुस  कोरियाली सर्वोच्च नेता किमसँग जुन १२ मै शिखर वार्ता हुन्छ : राष्ट्रपति ट्रम्प

गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ । यी बाहेक अरु देशमा पनि मनाइन्छ ।

यो चाड मनाउने देशको संख्या बढ्दो छ । आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा) ले यो चाड उत्तर अमेरिका ल्याएका हुन् । हालोविन शब्दको प्रयोग पहिलो पटक १६अौं शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्री भन्दा अगाडी हो । यो आत्मा दिवस को पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ ।

अमेरिकामा २०१८ को हालोविनमा करिव ९ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।

याे पनि पढ्नुस  राष्ट्रपति ट्रम्पका पूर्व प्रमुख रणनीतिकार ब्याननलाई जुरीसमक्ष वयान दिन निर्देशन

झन्डै १७ करोड अमेरिकनहरूले हालोविनमा सहभागिता हुने अड्कल छ । साथै आफ्ना बालबालिकाहरुलाई कसरी सुरक्षितसँग हालोविनमा सहभागी हुने, कसरी सडक काट्ने आदि बारेमा पनि जानकारी गराईएको छ । यदि मुख्य बजारभित्र खेल्ने हो भने र बाटो काट्दा चम्किलो लुगा लगाउन समेत जानकारी गराइएको छ ।

ईशाई दिवस (क्रिसमस) र धन्यवाद दिवस (थाङ्क्स गिभिङ्ग) पछिको सबैभन्दा खर्चिलो पर्वमा हालोविन पर्दछ । एक आंकडाअनुसार एक व्यक्तिले कम्तिमा औसतमा १ सय डलर हालोविनमा खर्च गर्ने जनाएको छ । हालोविनमा घर बाहिर ,भित्र सजावट ,बालबालिकालाई लुगा कपडाको साथै अभिभावकहरु पनि सजावटको साथमा हिड्न थालेका छन् ।

हालोविन खेल्दा १२ बर्षमुनिका भएमा अनिवार्यरुपमा अभिभावक साथमा हिड्ने गर्छन र यदि बालबालिका परिपक्व छ भनेपनि आफ्नो नजिकका छर छिमेकL वरपर मात्र खेल्न सुझाव गर्दछन ।

केही झलकहरु-

 

कमेन्ट गर्नुहोस्