Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कृषि विकास बैंकमा जेष्ठ नागरिक सहायता कक्ष संचालन

धनगढी, कार्तिक १५ ।

‘समाजलाई सेवा लिन सजिलो हो्स’ भन्ने उद्देश्यले बिहीबारदेखि कृषि विकास बैंक शाखा कार्यालय कैलाली पुल धनगढीमा जेष्ठ नागरिक सहायता कक्ष संचालनमा ल्याइएको छ ।

यूवा शान्ति परिषद कैलालीले संचालनमा ल्याईएको उक्त सहायता कक्षको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका हुन ।

यस शाखाबाट ५ हजारभन्दा बढीले स्थानीय तहबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता बुझ्ने गर्दछन् ।

जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती नहोस् भनेर जेष्ठ नागरिक सहायता कक्षा संचालन गरिएको नगर प्रमुख नृपबहादुर वडले बताए । यहाँहरु प्रत्येक महिना बैंकमा लाईन बस्नुपर्छ भन्ने छैन नगरप्रमुख वडले भने, बैंक खातामा जमा भएको रकम जहिले आएर पनि बुझ्न वा झिक्न सकिन्छ ।

जेष्ठ नागरिकका लागि उभिएर लाईन बस्न नपर्ने गरि कुर्चीहरु राखिएका छन् युवा शान्ति परिषदका संयोजक प्रेम ढुंगानाले भने, बाहिर खडा गरिएको सहायता कक्षा चेक काट्ने, केवाईसी भर्ने, सल्लाह दिने, पानी खुवाउने काम गरिने छ । यसका लागि युवा शान्ति परिषदले स्वयंसेवकहरु खटाएको छ ।

कृषि विकास बैंक कैलाली पुल शाखाका प्रवन्धक डम्बरसिंह गुरुले जेष्ठ नागरिक सहायता कक्षले जेष्ठ नागरिकलाई राहत पुग्ने बताए । उनले भने, सबै वडाका जेष्ठ नागरिकलाई सजिलो होस भनेर सामाजिक सुरक्षाभत्ता बुझ्ने ब्यबस्था मिलाएका छौं ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: