साफ यू–१५ च्याम्पियनसिपः भारत ४–२ ले पराजित, बंगलादेश फाइनलमा

कार्तिक १५ । साफ यू–१५ च्याम्पियनसिप अन्तर्गतको बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई ४–२ ले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।

पेनाल्टी सूटआउट मार्फत बंगलादेश फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १–१ गोल भएपछि खेल पेनाल्टी सूटआउट तर्फ गएको थियो।

याे पनि पढ्नुस  मंगोलियन भान्जालाई एभरेष्ट कपको उपाधि

फिफाको खेल नियमअनुसार ९० मिनेटपछि ३० मिनेट अतिरिक्त समय थपेर खेलाइने भएपनि साफ यू -१५ को खेलमा अतिरिक्त समय नखेलाई सिधै पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरिएको छ ।

अबको अर्कों सेमिफाइनल खेल नेपाल र पाकिस्तानबीच अहिले २ः३० बजे हुँदैछ ।

कमेन्ट गर्नुहोस्