Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पीपीएल : चितवनद्वारा काठमाडौं १३ रनले पराजित

काठमाडौं, कार्तिक १५ ।

पोखरा प्रिमियर लिगमा बिहीबारको पहिलो खेलमा चितवनले काठमाडौंलार्इ १३ रनले हराएको छ ।

चितवनले दिएको एक सय ५० रनको अक्ष्य पछ्याउने क्रममा पूरा ओभर खेल्दै काठमाडौंले ९ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको हो ।

काठमाडौंका लागि गौरव टोमारले सर्वाधिक ३९ रन, कप्तान ज्ञानेन्द्र मल्ल ३० रन र पवन सफारले २८ रनको योगदान गरे । चितवनका लागि करण केसीले ३ विकेट र पारस खड्काले २ विकेट लिए ।

यस्तै सन्नि पटेल, समित पटेल र भुवन कार्कीले समान १–१ विकेट लिए ।

टस हार्दै ब्याटको निम्तो पाएको चितवनले पाँच विकेटको क्षतिमा एक सय ४९ रन बनाएको थियो । चितवनका लागि ब्याट्सम्यान हरिशंकर शाहले ६० रन, अनिल शाहले २७ रन, कप्तान पारस खड्काले १४ रन, समित पटेलले ३१ रन र सन्नी पटेलले १३ रन बनाए । काठमाडौंका लागि बसन्त रेग्मी २ विकेट लिए । नन्दन यादव र पवन सफारले १र १ विकेट लिए ।

जितसँगै चितवन ४ खेलमा ४ अंक सहित तेस्रो स्थानमा छ भने काठमाडौं ३ खेलमा ४ अंक सहित चौथो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: