Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सरकारद्वारा सय नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक (सूचीसहित)

काठमाडौं, कात्तिक १५ ।

नेपाल सरकारले पर्यटन विकासका लागि एक सय ओटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय नयाँ गन्तव्य छनोट गरेको हो ।

नयाँ पर्यटकीय गन्तव्यका लागि देशैभरबाट परेका ६ सयभन्दा बढीको आवेदन तथा प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र मन्त्रालयले गरेको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट गरिएको मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए । नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले ५ आधार तय गर्दै भदौमा सूचना प्रकासित गरेको थियो ।

नयाँ विकास गर्नु पर्ने गन्तव्यहरुमा चालु आवमा विनियोजित बजेटबाट बाँडफाँट गरिने मन्त्रालयले जानकारी दिएको छ । सय ओटा नयाँ गन्तव्यको पूर्वाधार लगायतका क्षेत्रको विकासका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको र प्रत्येक गन्तव्यलाई रू. ५० लाख रुपैयाँका दरले बजेट छ्ट्याइएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यालले जानकारी दिए । उनले भने, ‘अहिले गन्तव्य पहिचान गरी थोरै भएपनि बजेट विनियोजन गरिएको छ । यसबाट ती गतन्यको प्रारम्भिक कार्य हुनेछ । क्रमशः स्थानीय सरकार तथा निजी क्षेत्रको सहकार्यमा गन्तव्यको थप विकास गरिने छ ।’

सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपालको पर्यटन प्रवद्र्धनको लागि नयाँ गन्तव्य पहिचान गर्ने उल्लेख गरेको थियो । नयाँ सय गन्तव्य छनोट कार्यले सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई समेत सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ । नयाँ पहिचान गरिएका पर्यटकीय गन्तव्यले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले जानकारी दिए ।

नेपालले नेपाल भ्रमण वर्षलाई ‘लाइफ टाइम एक्सपेरियन्स’का रुपमा प्रवद्र्धन गर्न चाहेको र नेपालमा संसारको कुनै पनि ठाँउमा नभएको अलौकिक स्थानहरु रहेकोले पनि यो प्रयास सकारात्मक रहको उनले बताए ।

हेर्नुहोस् यी सूची-

आर्थिक अभियानबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: