Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गुर्जुधाराबाट चरेशसहित ४ जना पक्राउ

काठमाडौं, कार्तिक १५ ।

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरिय प्रहरी प्रभाग बलम्वुको संयुत्त टोलीले पाँच किलो ६० ग्राम अवैध चरेस सहित ४ जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं १२ गर्जुधारास्थित विशेष सुचनाको आधारमा महानगरिय प्रहरी वृत्त थानकोट र महानगरिय प्रहरी प्रभाग वलम्वुको संयुत्त टोलीले अवैध ५ किलो ६० ग्राम अवैध चरेश सहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा जिल्ला धादिङ गजुरी गाउपालिका वडा नं ८ किरानचोक बस्ने वर्ष १९ को दिनेश तामाङ, वर्ष २५ को रामबहादुर लोप्चन, वर्ष १८ को विक्रम लोप्चन तथा वर्ष २७ को विकास तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताए ।

थापाका अनुसार उक्त चरेश निज व्यक्तिहरु शंकास्पद अबस्थामा हिंडिरहेकाले धादिङ जिल्लाबाट ओसार पसार गरेर ल्याएको भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।

पक्राउ परेका चारलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरी बताएको छ । उनीहरुलाई लागुऔषध ऐन २०३३ अनुसार मुद्धा चलाईने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: