Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रीलंकामा संसदको निलम्बन फुकुवा, राजनैतिक सङ्कट समाधान हुने आशा

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदमाथिको निलम्बन फुकुवा गरिदिएका छन् । यसका साथै श्रीलंकामा विद्यमान राजनैतिक संकट हाल हुने देखिएको छ । यसका साथै राष्ट्रपतिले सोमवार संसद्को बैठक समेत बोलाएको अधिकारीहरूलाई उद्धृत गर्दै पिटिआईले जनाएको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अचानक पदमुक्त गरेर राष्ट्रपति निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्दी रहेका महिन्दा राजापाक्षेलाई नयाँ प्रधानमन्त्री बनाएपछि देशभरि विरोध प्रदर्शन भैरहेको छ ।

उता संसदका सभामुखले विक्रमसिंघेलाई नै प्रधानमन्त्रीको रूपमा मान्यता दिएपछि त्यहाँ शक्ति संघर्षको स्थिति आएको थियो ।

यसअघि राष्ट्रपतिले १६ नोभेम्बरसम्मका लागि संसद निलम्बन गरिएको बताएका थिए ।विक्रमसिंघेले २२५ सदस्यीय श्रीलंकाली संसदमा बहुमत साबित गर्न सक्ने बताइरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: