नगरप्रमुखले गरे फुटबल खेलाडीको विदाई

धनगढी, १५ कार्तिक
धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले यूवाहरु यो देश र समाजको सपना भएको बताएका छन् ।

यूवा शान्ति परिषदको आयोजना तथा धनगढी उपमहानगरपालीकाको समन्वयमा वडा नं ६ जालीमा संचालन गरेको रोजगार प्रवद्र्धन तथा ब्यावसायीक दक्षता अभिबृद्धीका लागि दुई दिने अभिमूखीकरण कार्यक्रमको बिहीबार समापन गर्दै नगरप्रमुख वडले यो समाज कस्तो बनाउने भन्ने जिम्मेवारी यूवाहरुको काँधमा रहेको बताए । यूवाहरुले कुलतमा फस्ने होईन रचनात्मक काम गरेर देखाउनुपर्छ नगरप्रमुख वडले भने, अहिले गरेको रचनात्मक कामले भबिष्य निर्धारण हुन्छ ।

याे पनि पढ्नुस  उप–महानगरद्धारा जेष्ठ नागरिकलाई सम्मान

अहिलेका यूवाहरु बढी महात्वकांक्षी र निरासावादी बढी भएको नगरप्रमुखले बताए । उनले भने, काम गरे सबै कुरा सम्भाव हुन्छ । धनगढी उपमहानगरपालीकाले यूवाहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख वडले बताए । उनले भने,जुन क्षेत्रमा लाग्नुहुन्छ ब्यावसायीक भएर लाग्नुहोस हाम्रो साथ र समर्थन हुन्छ ।
खेलाडीको बिदाई

याे पनि पढ्नुस  धनगढी नगरपालिकामा माओवादीले टुंगो लगायो उम्मेद्वार

धनगढी उप महानगरपालीकाका प्रमुख नृपबहादुर वडले डोटीको बुडरमा हुन गैरहेको प्रदेश स्तरीय फुटवल प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई बिहीबार बिदाई गरेका छन् ।

एक कार्यक्रमका बिच खेलाडीको बिदाई गर्दै नगरप्रमुख वडले धनगढी खेलाडीको उर्वर भूमी भएको बताए । उनले उच्च मनोवलका साथ खेल खेल्न खेलाडीलाई हौसला दिए । धनगढी उपमहानगरपालीका ६ स्थीत उपदेश यूवा क्लवका खेलाडीहरु फुटवल प्रतियोगितामा सहभागि हुन बुडर प्रस्तान गरेका छन् ।

कमेन्ट गर्नुहोस्