सीकेलाई थप १५ दिन थुनामा राख्न अदालतको आदेश

रौतहट, कार्तिक १५ । जिल्ला अदालत रौतहटले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई राज्य विरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्ने आदेश दिएको छ। बिहीबार जिल्ला न्यायाधीश प्रकाश श्रेष्ठको एकल इजलासले राउतलाई थप १५ दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो।

याे पनि पढ्नुस  सीके राउतलाई चलाइयो राज्यविरुद्ध अपराधको मुद्धा

राज्य विरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउत सहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा अनुसन्धानको क्रममा रहेका छन् । राउतसंगै जिल्ला गठबन्धनका रौतहट जिल्ला संयोजक अशोक सिंह, विरेन्द्र दास, जयप्रकाश कुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन् ।

याे पनि पढ्नुस  सीके राउतलाई चलाइयो राज्यविरुद्ध अपराधको मुद्धा

अदालतले थप १५ दिन थुनामा राख्ने आदेश दिएपछि राउतले पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया दिँदै नेपालमा न्यायालय नभएको र अदालत मात्रै भएकोले अदालतबाट आउने आदेशको बारेमा आफूलाई पहिले नै थाहा रहेको बताएका छन्।

कमेन्ट गर्नुहोस्