Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुदूरपश्चिम विश्वविद्यालयमा अनियमितता, छानबिन गर्न दुई टोली

काठमाडौं, कार्तिक १६ । सरकारले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आर्थिक र प्रशासनिक पक्षको छानबिन गरी प्रतिवेदन बुझाउन दुई टोली खटाएको छ  । राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य उषा झा र अर्थसचिव राजन खनालको नेतृत्वमा छुट्टाछुट्टै दुई समिति परिचालन गरिएको हो  ।

झा नेतृत्वको समितिलाई प्रशासनिक पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । भदौ ३१ गते प्रधानमन्त्री एवं कुलपति कार्यालय बालुवाटारमा विश्वविद्यालयको सातौं सिनेट बैठक भएको थियो । सिनेटमा विश्वविद्यालयको प्रशासनिक र आर्थिक गतिविधिमा अनियमितता भएको विषय उठेको थियो ।

झा नेतृत्वको समितिमा विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव देवराज अधिकारी र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रामकुमार घिमिरे सदस्य छन् । उक्त समितिले विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगर र आंगिक क्याम्पसहरूमा पुगेर अध्ययन थालेको छ । १५ दिनभित्र सरकारलाई प्रतिवेदन पेस गर्ने घिमिरेले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: