Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पोखरा प्रिमियर लिगः पोखराद्वारा धनगढीलाई १४५ रनको लक्ष्य [LIVE]

काठमाडौं, कार्तिक १६ । पोखरा प्रिमियर लिग (पीपीएल) को आजको पहिलो खेलमा घरेलु टोली पोखरा पल्टनले धनगढीसामु एक सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जित्दै ब्याटिङ रोजेको पोखरा पल्टनले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको हो ।

 

पोखराका लागि ओपनर कुशल भुड्तेल ३ रनमा र आसिफ शेख २३ रन बनाइ आउट भए । यस्तै इन्दर सिंहले २८ रन, कप्तान शरद भेषवाकरले १४ रन , विनोद भण्डारीले ७ रन , रोहित पौडेलले ३१ रनको योगदान गरे । धनगढीका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । रोविन क्षेत्री, पिटर टेग्रो समान र ड्यान लरेन्सले समान १ र १ विकेट लिए ।

 

आजको खेलमा हार व्यहोरेमा पोखरा सेमिफाइनलका लागि अरु टोलिबीचको खेल नतिजामा निर्भर रहनेछ । जारी प्रतियोगितामा ३ खेलमा ४ अंक बटुल्दै पोखरा दोस्रो स्थानमा छ भने ४ खेलबाट ४ अंक जोडेको धनगढी पाँचौ स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: