Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हिमशिखरद्वारा पदमोदयलाई कम्प्युटर सहयोग

हिमशिखर सामाजिक साँस्कृतिक समाज काठमाडौले पदमोदय युवा क्लब, भरतपुर–२२, पदम पोखरीलाई कम्प्युटर सहयोग प्रदान गरेको छ ।

क्लब परिसरमा आयोजित एक कार्यक्रमका बीच समाजका अध्यक्ष विजेन्द्र अर्यालद्वारा क्लबका अध्यक्ष रामहरि सेढाईलाई ४ थान कम्प्युटर सेट, टेबल र कुर्सी हस्तान्तरण गरेका हुन । क्लबले बाल अध्ययन केन्द्र संचालन गर्ने क्लबको योजनालाई सफल पार्न उक्त सामाग्री हस्तान्तरण गरिएको समाजका चितवन संयोजक सञ्जिव पाण्डेले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष विष्णुराज महतोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा क्लबले संचालन गर्न लागेको पदमोदय बाल अध्ययन केन्द्रको लागि वडा कार्यालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

आजै प्रमुख अतिथी महतोले कम्प्युटर कक्षको समेत उद्घाटन समेत गरे ।

क्लवका अध्यक्ष सेढाईले सहयोगदाता संस्थालाई आभार प्रकट गर्नुका साथै पदमोदय बाल अध्ययन केन्द्र संचालनको योजना सफल बनाउन सबैलाई अनुरोध गरे । गत वर्ष भरतपुर महानगरपालिकाको नगर स्तरीय योजनाबाट निर्माण प्रारम्भ गरिएको अध्ययन केन्द्र यसवर्ष निर्माण सम्पन्न गर्ने विश्वास क्लबले लिएको छ ।

हिमशिखरका अध्यक्ष अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबको उक्त अभियान सफल बनाउन तत्काल निशुल्क ईन्टरनेट सुविधा र प्रशिक्षकको ब्यबस्था गर्ने साथै आगामी दिनमा अरु थप सहयोग गर्ने समेत बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: