Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एनआरएनएको तेश्रो अफ्रिका बैठक युगाण्डाको कम्पालामा हुने

गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका बैठक यही डिसेम्बर २९–३० मा पुर्वी अफ़्रिकि मुलुक युगान्डाको राजधानी शहर कम्पालामा सम्पन्न हुने भएको छ । अफ्रिकाका सत्र मुलुकमा रहेका राष्ट्रिय समन्वय समिती ,अन्तरास्ट्रिय समितीका पदाधिकारीहरु र अन्य महादेशका एनआरएन नेतृत्वको पनि सहभागिता रहने बैठकको मुल बिषय ” बिकासका अनुभवहरु एक आपसमा साट्दै” हुने छ ।

जसअनुरुप अफ्रिकन र अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुले अफ़्रिकि बिकास र त्यहा केही रास्ट्रहरुमा भइ रहेको द्रुतगतिको आर्थिक विकासको अनुभवहरुबारे कार्यपत्र पेश गर्ने छन ।

त्यसैगरी नेपाली श्रमिकहरुले अफ्रिकामा भोग्नु परिरहेका समस्याहरु ,मानव तस्करी र अफ्रिकन पर्यटन उधोगका अनुभव र नेपालमा अफ्रिकन लगानीबारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिएका छन ।

कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका महामहिम राजदूतहरुको बैठकमा उपस्थिति रहने र नेपालबाट परराष्ट्र वा श्रम मन्त्री मध्य एकलाई निमन्त्रणा गरिने बारे छलफल चलिरहेको समेत बताएका छन ।

बैठक एनआरएनए राष्ट्रिय समन्वय समिति युगान्डाको आथित्यतामा आयोजना हुने र बैठकको तयारी शुरु भइसकेको जानकारी संघका युगान्डा अध्यक्ष राजमणि भण्डारीले जनाएका छन । बैठकका मुल कार्यक्रम लगाएत अफ्रिकन र नेपाली कलाकारहरुले प्रस्तुत गर्ने साँस्कृतिक कार्यक्रम र नेपाली भाषा साहित्यमाथि गोष्ठी समेत कार्यक्रममा आयोजना गरिने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: