Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘चौका दाउ’ को पहिलो गीत ‘मेरो मायाँ कतारमा’ सार्वजनिक (भिडियोसहित)

नेपाली चलचित्र ‘चौका दाऊ’को नयाँ गीत मेरो माया कतारमा सँधै हतारमा… को भिडियो बिहिबार साँझ सार्वजनिक गरिएको छ ।

निर्माण संस्था सौर्य प्रोडक्सनले यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरेको हो ।

आगामी २७ पुसबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रलाई सौर्य प्रोडक्सनले निर्माण गरेको हो । चलचित्रका कथाकार एवम् परिकल्पनाकार बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले यो गीतको संगीत गरेका हुन् । श्री पुरुष ढकालको शब्द रहेको यो गीतलाई शम्भुजीतसँगै सुमन गुरुङले गायका छन् ।

यो आईटम गीतमा सोनीका केसीको निकै कामुक शैलीको आईटम नृत्य रहेको छ । यो नृत्यमा सोनीकाको कामुकतामा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई लगायतलठ्ठिएको दृष्य हेर्न पाईन्छ । गीतको नृत्य निर्देशन बसन्त श्रेष्ठले गरेका हुन् ।

गीतको अन्त्यमा अभिनेत्री वर्षा राउत प्रस्तुत हुन्छिन् । वर्षासँगै अभिनेता अजश्र ढुँगानाको पनि नृत्य हेर्न सकिन्छ । यो चलचित्रमा वर्षा राउत, अजश्र ढुंगाना, विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई, निर्मल शर्मा, सोनिका केसी लगायतको अभिनय छ ।

दीर्घ गुरुङको छायाँकन रहेको यो चलचित्रमा मित्रदेव गुरुङको सम्पादन, बसन्त श्रेष्ठको नृत्य निर्देशन छ । चलचित्रलाई सौर्यजीत बाँसकोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: