Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मिर्गौलापीडित पुतलीलाई पाँच लाख राहत

वालिङ, कार्तिक १६ ।

स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेकी मिर्गौलापीडित पुतली केसीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

७२ वर्षीया केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको उपचारका लागि सहयोग गर्ने उद्देश्यले सोही स्थान घर भई हाल हङकङमा बस्दै आएकी धनु थकाली पुरनले ‘पुतली बचाउ अभियान’ मार्फत देश तथा विदेशमा संकलन भएको रकम हस्तान्तरण गरेका हुन् ।

अभियानबाट संकलन भएको ५ लाख १३ हजार ६६२ को स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको चेक मिर्गौला पीडित केसी र निजकी छोरी कृष्णाकुमारी राईलाई प्रदान गरिएको उक्त अभियानका टीकराज गुरुङले बताए ।

केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि पोखरामा हप्ताको २ पटक डायलासिस गराउँदै आए । ‘केसीको डायलासिसमा धेरै खर्च लाग्ने भएपछि हामीले सामाजिक सञ्जालमार्फत यो अभियान सञ्चालन गरेका हौँ’, अभियानकर्ता टिकराज गुरुङले भने ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: