Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पीपीएल रौनक : पोखरा पल्टन २ विकेटले पराजित

पोखरा, कार्तिक १६ ।

पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ । १ सय ४५ रनको लक्ष्य पछ्याएको धनगढीले अन्तिम १ बल बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

जितसँगै धनगढीको दोस्रो चरण पुग्ने सम्भावना बलियो भएको छ । समूहका सबै खेल खेलेको धनगढीले ५ खेलबाट ६ अंक जोड्यो । पोखराको ४ खेलबाट ४ अंक जोडेको छ ।

पोखराले अन्तिम खेल खेल्न बाँकी छ । लिगको शीर्ष स्थानमा रहेका टिम सिधै फाइनलमा पुग्नेछन् । दोस्रो र तेस्रो हुने टिम इलिमिनेटका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अन्तिम ओभरमा १४ रन चाहिएको स्थितिमा धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन जोडेका थिए। उनले अन्तिम ओभरमा ४ चौका र १ छक्का प्रहार गरेपछि धनगढीले रोमाञ्चक जित हात पारेको हो । दीपेन्द्र ४९ बलमा नटआउट रहे । उनले २६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

धनगढीका लागि पिटर टे्रगोले पनि विष्फोटक ब्याटिङ गर्दै अर्धशतकीय इनिङ खेलेका थिए । उनले ३४ बलको सामाना गर्दै ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, ओपनर शुभेन्दु पाण्डेले २२ रन बनाए ।

बलिङतर्फ पोखराका राशिद खानले ४ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चेका थिए । त्यस्तै, विक्रम भुसाल र ललितनारायण राजवंशीले समान २(२ विकेट लिए ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएपछि धनगढीले मध्यम स्कोरको चुनौती पाएको थियो ।

पोखराको लागि रोहित कुमार पौडेलले इनिङ्स उकास्न खोजेका थिए । उनले २१ बलमा ३१ रन बनाए । पोखराका लागि रविइन्दर सिंहले २८, आशिफ शेखले २३, राशिद खानले अविजित १५ र कप्तान शरद भेषवाकरले १४ रन बनाए ।

४ रन हुदा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको पोखराले ४८ रन हुदा दोस्रो विकेटको रुपमा रविइन्दरलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा ४८ रन हुदा नै मेहबुब आलम शुन्य रनमा आउट भएपछि पोखरा दबाबमा आएको थियो ।

एक्स्पर्ट धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिए । जितसँगै धनगढीले आफ्नो ५ खेल खेल्दै शीर्ष स्थानमा उक्लिएको छ भने प्ले अफमा पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: