Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राजधानीको एक कार्यक्रममा ‘वीर विक्रम २’ को औपचारिक घोषणा

मिलन चाम्स निर्देशित नेपाली चलचित्र ‘वीर विक्रम’ को दोस्रो श्रृंखला निर्माण हुने भएको छ ।

फरक कथामा निर्माण हुने बताइएको ‘वीर विक्रम २’ को बिहीवार राजधानीका एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको छ । कार्यक्रममा लिड कलाकारलाई ब्यान्ड बाजासहित प्रवेश गराइएको थियो ।

पहिलो भागमा दयाहाङ राई, अनुप विक्रम शाही, नाजिर हुसेन, अर्पण थापा, दीया पुन प्रमुख भूमिकामा थिए ।

दोस्रो भागमा नाजिर दोहोरिए पनि बाँकी कलाकार परिवर्तन भएका छन् ।

यस चलचित्रमा नाजिरसँगै आकाश श्रेष्ठ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बिनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी र बाल कलाकारमा मनिष लिम्बु छन् ।

चलचित्रमा हिमाली क्षेत्रमा पाइने याकको पनि प्रमुख भूमिका रहने निर्देशक चाम्सले जानकारी दिए । ‘वीर विक्रम’ मा दोस्तीयारीको कथा थियो ।

यस्तै भिन्न प्रकारको दोस्तीयारीको कथा हो ‘वीर विक्रम २’’, उनले भने । बागबहादुर थकालीको चरित्र भूमिका निर्वाह गर्न लागेका कलाकार बुद्धि चलचित्र खलनायक भूमिका देखिने छन् ।

अर्पण सापकोटा सह–निर्माता रहेको फिल्मलाई निर्देशक चाम्स आफैंले निर्माण गर्नेछन् । फिल्मको कथा प्रदीप भारद्वाजले तयार पारेका हुन् । रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको संगीत रहने फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहने छ ।

कार्तिक अन्तिम साताबाट फ्लोरमा जाने तयारी भइरहेको फिल्म २०७६ को नयाँ वर्षमा रिलिज गर्ने निर्माण टिमको सोच छ । अभिनेता आकाशले आफ्नो भूमिकालाई न्यायपूर्वक निर्वाहा गर्ने बताए । अर्का अभिनेता नाजिरको कुरा पनि यही छ । अभिनेत्री वर्षा हिट फिल्मको दोस्रो भागमा काम गर्न पाउँदा खुशी महशुस भएको बताउँछिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: