Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बागलुङको ताराखोलामा जीप दुर्घटना हुँदा ५ घाइते

बागलुङ, कार्तिक १६ ।

बागलुङको ताराखोला गाउँपालिका–५ नाङ्गीबाट गल्कोट हटियातर्फ जाँदै गरेको ग २ च ६१३४ नम्बरको जीप शुक्रबार दुर्घटना हुँदा ५ यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय कोपिला घर्ती, धन कुमारी रोका, लिलामती बि।क, यमुना रोका, धनमाया रहेको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक सानुकाजी विष्टले बताए ।

घाइतेको उपचारका लागि गलकोटको हटिया स्थित इमरजेन्सी पोलिक्लिनिकमा लगिएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घुम्ती मोड्ने क्रममा गाडी दुर्घटना मा परेको प्रहरीले अनुमान गरेको छ । जीपका चालक पृथ रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: