Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नागढुंगामा २२ लाख ५० नगदसहित मोहम्मद प्रहरीको फन्दामा

काठमाडौं, कार्तिक १६ ।

नागढुंगा प्रहरीले २२ लाख ५० नेपाली नगद रुपैंयाँसहित एक नेपाली नागरिक मोहम्मद हसीव सिद्दिकीलाई शुक्रबार पक्राउ गरेको छ ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना.५.ख ६४७७ नं. को यात्रुवाहक बसमा लुकाई छिपाई ल्याएको अवस्थामा प्रहरी निरिक्षक केशवराज भट्टको नेतृत्वको टोलीले चेकजाँच गर्दा फेला परेको हो।

प्रहरी विशेष सुचनाको आधारमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका ४ का ३६ वर्षीय मोहम्मद हसीव सिद्दिकीको कपडाको झोला तथा शरिरमा २२ लाख ५० हजार रुपैंया बाँधेर ल्याएको अवस्थामा फेला परेको महानगरीय प्रहरी प्रभागका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।

शरीरमा लुकाई छिपाई ल्याएको स्रोत खुलाउन नसकेको उक्त रकम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको वृत्तका प्रहरी नायब उपरीक्षक थापाले बताए ।

पक्राउ परेको रकमसहित हसीव सिद्दिकीलाई थप अनुशन्धानको लागि राजस्व अनुशन्धान पठाईएको प्रहरीले जनाएको छ ।

तस्वीरः रोशन दानी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: