Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कांग्रेसको चियापानमा देखिएकाे एकता र मेलमिलापले सार्थकता पाअाेस्

काठमाडौं, कार्तिक १६ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम जारी छ । कार्यक्रम १ देखि ५ बजेसम्मलाई तय गरिएको छ ।

कार्यक्रममा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शंसाक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव नेताहरु कृष्ण प्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाश शरण महत, प्रकाशमान सिहंलगायत शिर्ष नेताहरुले सहभागीहरुलाई स्वागत गरिरहेका छन् ।

प्राय जसाे पार्टी भित्रै एकले अर्काकाे अलाेचना गर्ने शिर्ष नेताहरुले एउटै मञ्चमा उभिएर सहभागीहरुलार्इ स्वागत गर्दै शुभकामना  दिएकाे दृश्यले पार्टीभित्र विपीकाे एकता र मेलमिलापकाे नीतिले सार्थकता पाएकाे जस्ताे देख्न सकिन्थ्याे ।

कांग्रेसका नेता तथा प्रतिनिधि आउने क्रमम जारी छ भने अन्य व्याक्तिहरु चियापान कार्यक्रम सहभागी हुदैछन् । कांग्रेस नेताहरुसँग सोझै भेट्न सक्ने व्यवस्था मिलाइएको छ । पत्रकारहरुका लागि बेग्लै ठाँउको व्यवस्था गरिएको छ ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, पत्रकार, गैरआवासीय नेपाली सङ्घ–संस्थाका पदाधिकारीलगायत विशिष्ट महानुभाव, कांग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने पार्टी प्रवक्ता शर्माले बताए ।

पार्टी कार्यलय सानेपामा आयोजना गरिएको कार्यक्रम ललितपु भक्तपुर र काठमाडौं कांग्रेसको संयुक्त हो । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको व्यवस्थापन नेविसंघ र तरुण दलले संयुक्त गरेका हुन् ।

शुक्रबारै केन्द्रीय कार्यालयसहित ७३ जिल्लामा चियापान कार्यक्रम आयोजना गरिने पनि जनाएको छ । सर्लाहीमा भने रामविलास महतोको हत्याको कारण कार्यक्रम स्थगित भएको छ ।

हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण गरिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । विगत ५ वर्षदेखि अस्वस्थ रहेका नेता बाँस्तोलाको गत असोज २७ गते निधन भएको थियो ।

चियापानमा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले उक्त कार्यक्रम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: