Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सम्बन्धविच्छेदमा महिलाभन्दा पुरुष अगाडि !

घोराही, कार्तिक १६ ।

देवानी तथा फौजदारी संहिता लागू भएसँगै पारपाचुके अर्थात सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउनेहरुमध्यै महिलाभन्दा पुरुष बढी देखिएका छन् ।

पछिल्ला साढे २ महिना (भदौ १ देखि कात्तिक १५) को तथ्यांकअनुसार सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुष बढी देखिएका हुन् ।

अदालतका स्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् ।

उक्त संहितामा पुरुषले पनि अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने भएकाले मुद्दा दर्ता गराउने पुरुष बढ्न थालेको मुख्य न्यायाधीश हेमन्त रावलले जानकारी दिए ।

सम्बन्धविच्छेदका मुद्दा बढ्नुमा पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, स्वतन्त्र रहन चाहनु नै रहेको उनको भनाइ छ ।

सरकारले भदौ १ गतेदेखि देवानी तथा फौजदारी संहिता लागू गरेको हो । प्रशासनडटकमबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: