Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यस्तो भयो नेपाल प्रहरी र कतार प्रहरीबीच सम्झौता

काठमाडौं, कार्तिक १६ ।

विश्ववभर अब्बल प्रहरीको रूपमा परिचित नेपाल प्रहरीले कतार प्रहरीसँग महत्त्वपूर्ण सम्झौता सम्पन्न गरेको छ । कतार प्रहरीसँग सुरक्षामा समन्वयका लागि समझदारी गरेको जनाइएको छ ।

कतार भ्रमणमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतार पब्लिक सेक्युरिटीका महानिर्देशक साद बिन जसिम अल खुलाइफीले समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका हुन्  ।

उनीहरूबीच भएको सम्झौता अन्र्तगत आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तिय लगानी, अन्तरदेशीय अपराध, लागूऔषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक पदार्थको ओसारपसार, विद्युतीय अपराध, मानव बेचबिखन, वित्तिय अपराध नियन्त्रणमा समन्वय गरिने छ ।

प्रहरी महानिरिक्षक खनालका अनुसार अपराध नियन्त्रण गर्ने प्रविधि तथा अपराध अनुसन्धानका प्रक्रिया र अनुभव आदान प्रदान हुने छन् ।

त्यसैगरी प्रहरी विज्ञ तथा विषशेज्ञ सुरक्षा र प्रशिक्षण कार्यमा विज्ञहरूको आदानप्रदान गर्ने एवम् उपलब्ध स्रोत साधनलाई अपराध अनुसन्धानमा प्राविधिक तथा वैज्ञानिक ढंगबाट विकास गरी तालिम प्रदान गर्न समन्वय गर्ने लगायतका विषय पनि समझदारीमा परेका छन् ।

कतार प्रहरीसँग भएको सम्झौताले कतारमा रहेका नेपालीको सुरक्षा र अपराध नियन्त्रणमा पनि विशेष भुमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: