Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘भिजिट नेपाल २०२०’ को राष्ट्रिय संयोजकमा सुरज वैद्य रिफारिस

काठमाडौं, कार्तिक १६ ।

व्यवसायी सुरज वैद्यलाई सरकारले ‘भिजिट नेपाल २०२०’ को राष्ट्रिय संयोजकको जिम्मेवारी दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट व्यवसायी सुरज वैद्यलाई भिजिट नेपाल २०२० को अभियान कार्यक्रमको उपसमितको उपाध्यक्ष तथा राष्ट्रिय संयोजकको रुपमा नियुक्ति गरेको हो।

यसअघि २०७४ साउन २९ गते बसेको शेरबहादुर देउवा सरकारको मन्त्रिपरिषद् बैठकले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो। सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट नेपाल २०२० को उद्घोष गरिएको थियो।

सरकारले निजी क्षेत्रको सक्रिय सहभागितासहितको सहकार्यमा यस अभियानको सचिवालय नेपाल पर्यटन बोर्डमा स्थापना गरिसकेको छ।

वैद्य सार्क उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्। साथै सार्क चेम्बर अफ कमर्सका अध्यक्ष समेत हुन्।

यसैगरी, प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्न निजी क्षेत्रसमेतको संग्लनतामा गठन भएको समितिका सदस्य समेत हुन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: