Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कोइराला परिवारबाट सभापतिको दाबेदार मै हुँ : कोइराला

काठमाडौं, कार्तिक १६ ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले महासमिति बैठक सर्ने बताएका छन्। शुक्रबार राजधानीमा आयोजित नेपाली कांग्रेसको शुभकामना तथा चियापान कार्यक्रममा महामन्त्री कोइरालाले मंसिर ५ देखि ९ गतेसम्म बस्‍ने भनिएको महासमिति बैठक सर्नसक्ने बताएका हुन्।

कार्यक्रममा कोइरालाले सञ्चारसँग कुरा गर्दै प्राविधिक कारणले २ देखि ३ हप्तासम्म बैठक सर्ने उनको भनाइ छ। आउँदो महासमिति बैठक नभएसम्म कांग्रेस जसरी चलेको छ त्यसरी नै जाने र आफू सभापति बनेपछि सबैलाई समेटेर लाने कोइरालाले दाबी गरे ।

सञ्चारकर्मीहरूको जिज्ञासामा महामन्त्री कोइरालाले कोइराला परिवारको नेपाली कां‌ग्रेसमा ठूलो त्याग र योगदान रहेको र आफू नै कोइराला परिवारबाट सभापतिको दाबेदार रहेको पनि सुनाए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: