सशस्त्र प्रहरी जवान सेती नदीमा बेपत्ता !

बझाङ, कार्तिक १६ ।

सेती नदी नुहाउन गएका सशत्र प्रहरी जवान सेती नदीमा बेपत्ता भएका छन् । बिहीबार दिउँसो १.३० बजे सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका घर भएका २३ वर्षीय राजेन्द्र बुढा बेपत्ता भएका हुन् । उनको खाजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  बझाङमा बढारियो कांग्रेस, सबै क्षेत्रमा वाम गठबन्धन विजयी

दुई जना अरु साथीसँगै नुहाउन सेती नदीमा गएका बुढा पौडी खेल्दै गर्दा सदरमुकाम चैनपुर नजिकै रहेको सेती नदीमा डुबेर बेपत्ता भएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले जानकारी दिए।

उनका अनुसार पौडी खेलेर एक सय मिटर तल जादासम्म हाँस्दै थिए र पछि एक्कासी डुबेर बेपत्ता भएको जानकारी आएको छ ।
जवान बुढा यस भन्दा अगाडी पनि त्रिशुली नदीमा पौडी खेलेको र सेती नदीमा त सामान्य हो भन्दै सेती नदी पार गर्न खोज्दा यस्तो अबस्था आएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  उहिले माओवादी लडाकु, अहिले साहसी पर्वतारोही

बेपत्ता सशत्र प्रहरी जवान बुढाको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यलयबाट प्रहरीको टोली, नेपाली सेना र सशत्र प्रहरीको टोली तथा स्थानीयहरु जुटिरहेका छन् ।

कमेन्ट गर्नुहोस्