Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निर्मला हत्याको १०० दिनसम्म हत्यारा खोज्न नसक्ने सरकार नालायक : गगन थापा

काठमाडौं, कार्तिक १६ ।

नेपाली कांग्रेस नेता तथा सांसद गगन थापाले निर्मला हत्याकाण्डको १०० दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा निर्मला हत्याकाण्डमा सरकार गम्भीर नरहेको प्रतिक्रिया दिए ।

उनले सरकारले हत्यारा पत्ता लगाउन नसक्नु सरकारको नालायकी र अयोग्यता मात्र नभइ लज्जाको विषय रहेको बताए । सरकारको सबै संयन्त्रले सत्यतथ्य बाहिर ल्याउन नचाहेका कारण अहिलेसम्म हत्यारा पत्ता लाग्न नसकेको दाबी गरे ।

कुनै पनि घटनाको हत्यारा पत्ता लाग्नका लागि समय लाग्ने भएपनि यो घटनामा सरकारले हत्यारा बचाउन खोजेको विषयले आमनागरिकमा सरकारप्रतिको विश्वास र भरोसा हराउँदै गएको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: