राष्ट्रिय संकल्पसहित समृद्धिको यात्रामा समाहित हुन कांग्रेसलाई प्रचण्डको आग्रह

काठमाडौं, कार्तिक १६ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले देशमा शान्ति, स्थिरता र विकासले गति लिने आधार राष्ट्रिय एकताको आधार भएको बताएका छन् ।

नेपाली काँग्रेसद्वारा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भने, “राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हिजो जति थियो आज पनि त्यति नै छ । यो देशमा जतिपनि ठूला ठूला राजनीतिक परिवर्तनहरु भएका छन् राष्ट्रिय एकताका आधारमा मात्र भएका छन् ।”

याे पनि पढ्नुस  उपमहानगरपालिकाका काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

राजनीतिक दल, बुद्धिजीवि र नागरिकहरुका बीचमा एकता नभईकन राजनीतिक स्थिरता र विकास जनताको भावना र आवश्यकता परिपूर्ती नहुने उहाँको धारणा थियो ।

अध्यक्ष प्रचण्डले अगाडि भने, “हामीले मिलेरै शान्ति प्रक्रियालाई एउटा टुंगोमा पुर्यायौं भलै समापन गर्न काम अझै बाँकी छ । हामीले मिलेरै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । हामीले मिलेर नै निर्वाचन गर्याैं । अब पनि हामी मिलेर नै फेरि संविधानको मर्म भावना अनुसार जनताको चाहाना अनुसार विकास र समृद्धिको एउटा नयाँ यात्रातिर जानुछ ।”

याे पनि पढ्नुस  कांग्रेस छाडेर माओवादी बनेका बाबुराजा फेरि कांग्रेसमै

विश्वेश्वर प्रसाद कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिको सन्दर्भ स्मरण गर्दै अध्यक्ष प्रचण्डले सात दलको तर्फबाट गिरिजाप्रसाद कोइराला र तत्कालिन नेकपा (माओवादी)का तर्फबाट आफूले हस्ताक्षर गर्दा पनि राष्ट्रिय एकताकै आधार मानिएको बताए । उनले भने, “राष्ट्रिय एकताको आधार मानिएकै कारण यो परिवर्तन सम्भव भयो यद्दपी परिवर्तन अझै राम्रो संस्थागत भईसकेको छैन ।”

याे पनि पढ्नुस  सरकारले कांग्रेसलाई जिस्क्यायो, अब हामी कडा जवाफ दिन्छौंः गगन थापा

जनताले छिटोभन्दा छिटो समृद्धि चाहेका बताउनुहुँदै अध्यक्ष प्रचण्डले यो पनि राष्ट्रिय एकताद्वारा मात्रै सम्भव हुने बताए । “त्यसकारण यी पर्वहरुका सन्दर्भमा र चियापान आदानप्रदानका सन्दर्भमा ठण्डा दिमागले सोचेर राष्ट्रिय एकताकै माहौल बनाउने र राष्ट्रिय संकल्पसहित समृद्धिको यात्रामा जान नेपाली काँग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक र सम्पूर्ण जनसमुदायमा अपील गर्दै शुभकामना दिन चाहन्छु ।”

कमेन्ट गर्नुहोस्