५ दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री निवास फर्किए

काठमाडौं, कार्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएको पाँचौं दिनमा अाज (शुक्रबार) डिस्चार्ज भएका छन् ।

महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकोले डिस्चार्ज गरिएको बताए ।

याे पनि पढ्नुस  पूर्वमन्त्री शर्मा भन्छन्, ‘कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्छ’

प्रधानमन्त्री ओलीलार्इ छातीको सङ्क्रमण, ज्वँरो र खोकी साथै मधुमेहको मात्रा असन्तुलित हुने समस्या भएको थियो । उनको उपचारमा डा‍. अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह र डा. सन्तकुमार दास सम्मिलित छन्।

तस्विर : कृष्ण पाैड्यालकाे फेसबुकबाट

कमेन्ट गर्नुहोस्