निर्मला पन्त हत्याको सय दिन, कतै दीप प्रज्वलन त कतै मानव साङ्लो प्रदर्शन

काठमाडौँ, कार्तिक १६ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सयदिन पुगिसक्दा पनि हत्यारा पत्ता नलागेको भदै देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् ।

राजधानीमा सर्वसाधारणले ‘म पनि निर्मला’, ‘प्रहरी प्रमाण जुटाउनका लागि कि प्रमाण मेटाउनका लागि ?’, ‘सी वज ए चाइल्ड, नाउ ए पोलिटिकल टूल(उनी एक बालिका थिइन्, अब राजनैतिक हत्कण्डा भएकी छिन्)’, ‘प्रम विरुद्ध बोल्दा एक दिनमै जेल, हत्यारा लुकाउन १०० औं दिन जालझेल’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

याे पनि पढ्नुस  भीमदत्तनगरमा चर्कियो आन्दोलन, बम परिवारमाथि आक्रमणको प्रयास, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार (भिडियो)

त्यस्तै पाटनको कृष्ण मन्दिरमा शुक्रवार साँझ निर्मला पन्तको स्मृतिमा दीप प्रज्वलन गरिएको छ ।

अधिकारकर्मी र सर्वसाधारणले मैनबत्तीले १०० र प्रश्नचिन्ह लेखेर खबरदारी गरेका थिए ।

त्यस्तै वीरगञ्जको घण्टाघरनेर पनि निर्मला पन्तको बलात्कारपछि हत्या भएको सयदिन पुगिसक्दासमेत हत्यारा पत्ता नलागाएको भन्दै प्रदर्शन गरिएको छ ।  वीरगञ्जको घण्टाघरमा मानव साङ्लो बनाएर न्याय दिलाउन माग गरिएको थियो ।

याे पनि पढ्नुस  निर्मला हत्या छानबीनमा प्रचण्डले अग्रसरता लिएपछि, अब शून्यबाट अनुसन्धान हुने, को को मुछिएलान् ?

वीरगञ्जमा विभिन्न संघ संस्थामा आवद्ध युवा, विद्यार्थीहरु मिलेर मानव साङ्लो निर्माण गरेका थिए ।

सहभागीहरुले निर्मलाको हत्या भएको सय दिन पुगेको झल्को दिन मानव साङ्लोमार्फत सय बनाएर केहिबेर प्रदर्शन गरेका थिए ।

मानव साङ्लो निर्माणमा सहभागीहरुले जस्टिस फर निर्मला लेखिएका प्ले कार्ड सहित प्रदर्शन समेत गरेका थिए ।

याे पनि पढ्नुस  कञ्चनपुरका एक युवक ११ दिन हिरासत बसे, प्रहरीले जानकारीसम्म दिएन !

निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय्दी भइसकेको छ । तर प्रहरीले हत्याराको सुइँकोसम्म पाउन सकेको छैन । यसैलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान जानुका साथै थुप्रै घाइते समेत भएका थिए ।

अनुसन्धानमा लापरवाही गरेको भन्दै सरकारले दुई प्रहरी अधिकारीलाई सेवाबाट बर्खास्त समेत गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्