उर्जामन्त्री पुन अस्पताल भर्ना

काठमाडौं, कार्तिक १७ । उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ अस्पताल भर्ना भएका छन् । छाति दुख्ने समस्याका कारण मन्त्री पुन शुक्रबार राति काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

 

उनलाई अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा. यादव भट्टलगायत संलग्न छन् ।

कमेन्ट गर्नुहोस्