Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कांग्रेसको चियापानमा गृहमन्त्रीलाई नारायणकाजीको ‘जय नेपाल’

काठमाडौं, कार्तिक १७ । नेपाली कांग्रेसले शुक्रबार सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुन साढे ३ बजेतिर पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जय नेपाल शब्दले स्वागत गरे ।

 

कार्यक्रमबाट विदा हुनै लागेका बेला गृहमन्त्री बादल पुगेपछि श्रेष्ठले स्वागत गर्ने क्रममा यस्तो सम्बोधन गरेका हुन् । त्यसलगत्तै श्रेष्ठले पत्रकारहरूसँग भने, ‘यस्ता कार्यक्रमहरूले सहमति, सहकार्य र आपसी एकता मजबुत बनाउँछ।’ चियापानको दृश्य हेर्दा लाग्थ्यो सहमति, सहकार्य र एकताको नारालाई जोडतोडलका साथ उठाउने गरेको कांग्रेस र अन्य शक्तिहरूबीच दह्रै समहमति र एकता हुँदैछ ।

 

त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि दलबीचको एकता र सहकार्यबाट मुलुकमा शन्ति स्थापना भएको, संविधान जारी भएको र मुलुक संघीयतामा प्रवेश गरेको सम्झना गरे।

 

त्यसपछि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति र एकताको चाबी सत्तापक्षकै हातमा रहेको भन्दै उसले चाहे सहकार्यको सम्भावना रहेको प्रतिक्रिया दिए । राजधानी दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: