Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मलेशियामा कार्यरत श्रमिकको न्युनतम मासिक पारिश्रमिक पुनः वृद्धि

मलेशिया कार्तिक १७।मलेशियाको सरकारले आफ्नो देशमा निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक पुनः वृद्धि गरेको छ ।

सरकारले केही महिना अघि आफ्नो देशमा कार्यरत श्रमिकको मासिक पारिश्रमिकमा बृद्धि गरी आगामी वर्ष जनवरीदेखि लागू हुने गरी एक हजार ५० रिंगिट कायम गर्न निर्णय गरेको थियो।

५० रिंगिट पारिस्रमिक वृद्धि गर्न सरकारको निर्णय संग असन्तुष्ट बनेका सरोकारवाला विभिन्न संस्थाका सयभन्दा बढी प्रतिनिधिहरुले केहि दिन अघि संसद भवन बाहिर प्रदर्शन गरेसंगै सरकारले शुक्रबार आफ्नो निर्णय सच्याउदै आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक बनाउने निर्णय गरेको मलेशियाका स्थानीय संचारमाध्यमले जनाएका छन्।

हाल मलेशियामा न्युनतम पारिस्रमिक एक हजार रिंगिट रहेको छ भने सरकारले गरेको नयाँ निर्णय बाट नेपाली सहित लाखौं आप्रवासी कामदार लाभान्वित हुनेछन।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: