पोखरा प्रिमियर लिगः पोखरा पल्टन र काठमाडौं रोयल्स खेल्दै

काठमाडौं, कार्तिक १७ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा पल्टन र हुलास काटमाडौं रोयल्स भीड्दै छन् । पोखरा पल्टनले आज टस जितेर फिल्डङ रोजेको छ । काठमाडौं व्याटिङ गर्दै छ ।

 

काठमाडौंलाई फाइनलमा पुग्न यो खेल जित्नुपर्ने अवस्था छ। पोखरालाई शीर्ष तीनमा पर्न पनि यो खेल जित्नै पर्छ। पोखरा पराजित भएमा राउन्ड रोबिनबाटै बाहिरिने छ। पोखराले ४ खेल खेली २ मा विजय हात पारेको छ भने काठमाडौंले ४ मध्ये ३ खेलमा जित हात पारेको छ। काठमाडौं अंक तालिकाको शीर्षस्थानमा रहेको छ। आज दुवै खेलले मात्रै दोस्रो चरणको समीकरण तयार हुनेछ।

याे पनि पढ्नुस  पोखरा प्रिमियर लिगः चितवन राइनोज भर्सेस पोखरा पल्टन, कसले जित्ला उपाधि ?

कमेन्ट गर्नुहोस्