Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बियरको बोतल प्रहारबाट हजुरबुवाको मृत्यु

इलाम, कार्तिक १७ । जिल्लाको माइ नगरपालिकामा नातिको कुटाईबाट हजुरबुवाको मृत्यु भएको छ । सोही नगरपालिका वडा नम्बर ५ का ६५ वर्षीय देउमान नेम्बाङलाई आफ्नै नातिले बियरको बोत्तलले टाउकामा हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

 

शुक्रबार राति २२ वर्षीय सञ्जय राईले घरायसी विवादमा कुटपिट गरेपछि बृद्ध नेम्बाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ । सञ्जयलाई नियन्त्रणमा लिएको प्रहरी हवल्दार विजय राईले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: