Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पोखरा प्रिमियर लिगः ज्ञानेन्द्रको टिमद्वारा पोखरालाई १०४ रनको चुनौती [LIVE]

काठमाडौं, कार्तिक १७ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा हुलास काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । १९.१ ओभरमा सबै विकेट गुमाउँदै काठमाडौंले १०३ रन मात्र बनाउन सक्यो ।

 

पोखराले यो खेल ठूलो अन्तरमा जितेमा फाइनलमा पुग्ने सम्भावना रहन्छ । अन्य सबैखाले विजयले पनि पोखरालाई शनिबारको दोस्रो खेलअघि अंक तालिकाको शीर्ष स्थानमा पुर्‍याउँछ । टस हारेर व्याटिङमा आएको काठमाडौं रोयल्स सुरुवातदेखिनै दबिएर खेलेको थियो र अन्तिमसम्म टोलीको इनिङ्स उक्सिन सकेन । टोलीका दुइ विदेशी खेलाडी जयकिष्नन् कोल्सावाला र गौरव तोमार शुन्यमै आउट भएपछि काठमाडौंलाई सुरुमै झट्का लागेको थियो ।

 

कप्ता ज्ञानेन्द्र मल्लले २८ बलमा ३१ रन प्रहार गर्ने क्रममा ३ चौका र १ छक्का प्रहार गरे । अमित श्रेष्ठ २१, पवन सर्राफ १२, नरेश बुढाऐर ६, आदिल खान ७, अमरसिंह रौटेला १ तथा सुशन भारी र नन्दन यादव शुन्यमा आउट भए । बसन्त रेग्मी १२ बलमा १ चौका र २ छक्का प्रहार गरी १९ रनमा अविजित रहे ।

 

पोखराका ललित राजवंशीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नाविद र रसिद खानले २र२ तथा विक्रम भुसालले १ विकेट लिए । व्याट्सम्यानले हिर्काएको बलले खुट्टामा लागेपछि अम्पाएर बुद्धिबहादुर प्रधान घाइते भएका छन् । उनको स्थान रिजर्भ अम्पाएर सञ्जय सिग्देलले लिएका छन् ।

 

काठमाडौंलाई फाइनलमा पुग्न यो खेल जित्नुपर्ने अवस्था छ। पोखरालाई शीर्ष तीनमा पर्न पनि यो खेल जित्नै पर्छ। पोखरा पारजित भएमा राउन्ड रोबिनबाटै बाहिरिने छ। पोखराले ४ खेल खेली २ मा विजय हात पारेको छ भने काठमाडौंले ४ मध्ये ३ खेलमा जित हात पारेको छ। काठमाडौं अंक तालिकाको शीर्षस्थानमा रहेको छ। आज दुवै खेलले मात्रै दोस्रो चरणको समीकरण तयार हुनेछ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: