Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

पशुपतिनगर, कात्तिक १७ गते । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ ।

उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ । (रासस)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: