काठमाडौँका खाल्डा पुर्न २ महिना

काठमाडौँ, कर्तिक १७ । सरकारले काठमाडौंका सडकको खाल्डाखुल्डी दुई महिना भित्र पुरी सक्न मातहतका निकायलाई फेरि निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आज सम्बन्धित निकायसँग कामको समीक्षा गरी काठमाडौंस्थित सडकका खाल्डा २ महिना भित्र पुरी सक्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

याे पनि पढ्नुस  अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा दुई प्रमुखबीच हस्ताक्षर

सडकको उचित व्यवस्थापनका लागि काम भए नभएको अनुगमन गरी तत्काल निर्देशन दिन समन्वयात्मक संयन्त्र बनाउने निर्णय पनि गरिएको छ ।

रिमालका अनुसार सम्बन्धित मन्त्रालयका अधिकारीहरु रहने संयन्त्रले कामको अनुगमन गरी आवश्यक्ता अनुसार तत्काल निर्देशन दिइने भएको छ । प्रधानमन्त्रीको कार्यालयले खाल्डाखुल्डी पुर्ने काम पूरा नभएसम्म निरन्तर त्यसको अनुगमन र निर्देशन गरिराख्ने पनि स्पष्ट पारेको छ ।

याे पनि पढ्नुस  २० वर्षे पुराना सवारी साधनहरु चल्न दिने प्रस्ताव

 

कमेन्ट गर्नुहोस्