शौलाचय गएकी १३ वर्षीय बालिका बलात्कृत

कपिलवस्तु, कार्तिक १७ । जिल्लाको शिवराज नगरपालिका १ मा बुधबार राती १३ बर्षीया बालिका बलाकृत भएकी छिन् ।

राती शौच गर्न जाँदा स्थानीय २२ बर्षीय खिम बहादुर विकले बारीमा लगि जबरजस्ती करणी गरेको भनी पीडित बालिकाका परिवारले वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन् ।

याे पनि पढ्नुस  किशोरीलाई पटक पटक करणी गर्ने पक्राउ

देउसी भैलोको तयारी गरी राती करिब १० बजे घरमा आएकी बालिका शौचालय गर्न घर नजिकैको शौचालयमा जाँदै गर्दा पिडकले जवरजस्ती तानेर मुख थुनी बलात्कार गरेको पीडितको आरोप छ ।

परिवारलाई राती नै बालिकाले घटनाबारे बताएको भए पनि  बिहीबार बिहान मात्रै प्रहरीलाई खबर गरेको थियो ।

याे पनि पढ्नुस  श्रीमतीको हत्या गर्ने श्रीमानसहित ३ पक्राउ

उजुरीका आधारमा प्रहरीले युवकलाई बिहीबार नै पक्राउ गरेर म्याद थप गरि अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताए ।

पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार गरेर घर ल्याइएको प्रहरीले जनाएको छ ।

विकले भने आफूले करणी नगरेको दावी गर्दै आएको प्रहरीले जनाएको छ । बालिकाको मेडिकल रिपोर्ट अझै नआएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

याे पनि पढ्नुस  १३ वर्षीय बालिका बलात्कार आरोपमा दुई पक्राऊ

पीडित परिवारले भने प्रहरी प्रशासनले तदारुकताका साथ काम नगरेर दोषीलाई छुटाउने चलखेल भइरहेकोे भन्दै शुक्रबार प्रहरी कार्यालय घेराउ गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्न माग राखेका छन् ।

इमेजखबरबाट

कमेन्ट गर्नुहोस्