Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘बधाई हो’ : यता प्रेमिकासँग बिहेको कुरा, उता आमा गर्भवती

आफू बिहे गर्न गइरहेको बेला भाईबहिनी जन्मिन खोेजेका छन भन्दा त कस्तो हालत होला,

चलचित्रको कथाबस्तुका लागि ठूला उपन्यासको नै आवश्यकता हुन्न । सामान्य लाग्ने विषयबस्तुमा पनि चलचित्र बनाउन सकिन्छ ।

अहिले यस्तै एउटा चलचित्रले बलिउड तताएको छ ।

बा आमाको सानै उमेरमा बिहे भएपछि ४०, ४२ मैं नाती खेलाउनेहरु हामीकहाँ पनि धेरै छन् । तर आफ्नो छोराछोरी भन्दा कान्छा भाइबहिनी हुने अवस्था कस्तो होला ? अझ त्यसमा पनि आफू बिहे गर्न गइरहेको बेला भाईबहिनी जन्मिन खोेजेका छन भन्दा त कस्तो हालत होला, कल्पना गर्न सकिन्न ।

आफ्नै व्यक्तिगत जीवनमा यो भोग्नेहरुले यसको मर्म थाहा पाउँछन् होला, न भोग्नेहरुका लागि चलचित्र ‘बधाई हो’ले राम्रो खुराक दिन्छ ।

चलचित्र बधाई हो, एउटा यस्तो बयस्क दम्पत्तिको कथा हो जो एकपटक फेरी आमाबुवा बन्न गइरहेका छन् । नकुल कौशिक (आयुष्मान खुराना) को जीवनमा त्यतिखेर भूइंचालो आउँछ जतिखेर उसलाई आफना बुवा (गजराज राव) र आमा (नीना गुप्ता)ले फेरी बच्चा पाउने खबर सुनिन्छ ।

यसको असर नकुलको लभ लाइफमा पर्छ । किनभने उसको रोमान्स सान्या मल्होत्रासँग चलिरहेको हुन्छ । सान्या मल्होत्राको आमालाई यो कुरा थाहा पाएपछि ऊ अचम्ममा पर्छे । नकुलको परिवार नै ठीक नभएको उसलाई लाग्छ ।

यही कुरा उनीहरुमाथि मजाक बनाउने विषय बन्छ । मानिसहरुका लागि त्यो उमेरमा बच्चा पाउने कुरा हाँसोको विषय बन्छ । यता नकुल विचरा । उसले के भनोस् । न बाआमासँग झगडा गर्नु न प्रेमिकासँग ।

चलचित्रको कथाले एउटा फरक धार पक्रेको छ । तर मनोरञ्जन पनि पूर्ण छ यो चलचित्रमा । चलचित्र सुस्त गतिमा शुरु हुन्छ तर नकुलका बाआमाले छिट्टै नयाँ सदस्य घरमा आउँदैछ भन्ने घोषणा गरेपछि चलचित्रमा गति आउँछ । त्यसपछि त हाँसोको फोहोरा नै छुट्छ ।

चलचित्रमा मनोरन्जन मात्रै छैन । यसमा भावुकता पनि छ । चलचित्रमा केही कुरा निकै राम्रा छन केही अलिकति कमजोर पनि । तर पनि चलचित्र रमाइलो बनेको छ । हासो र भावुकताको बेजोड सम्मिश्रण ।

निर्देशक अमिन रबिन्द्रनाथ शर्माले राम्रो काम गरेका छन् । केही दृश्य उनको नियन्त्रणबाहिर जस्तो देखिन्छन । तर पनि कलाकारहरुलाई राम्रो भूमिका निर्वाह गराउन उनी सफल भएका छन् । आयुष्मान खुराना अहिले निकै राम्रो अभिनयमा जमेको देखिन्छ । उनी अभिनित चलचित्र केही फरक हुने स्थापित हुन थालेको छ । यो चलचित्रमा पनि निकै अभिनय देखिन्छ । रक्सी खाएर हंगामा गर्नु, रेनेकी आमासँग माफी माग्नुजस्ता दृश्यमा उनको अभिनय बेजोड छ ।

नायिका सान्य मल्होत्राको धेरै भूमिका छैन । तर उनको अभिनय राम्रो छ । नीना गुप्ता त यो चलचित्रको मुख्य प्राण नै भने भो । उनले कतिपय दृश्यमा आँखामात्रै देखाएर पनि अभिनय गरेका छन् । गजराज रावले पनि नीनासँगै राम्रो अभिनय गरेका छन् । सुरेखा सीकरीले आफनो कला छोडन सफल भएकी छिन् ।

निर्माता: विनीत जैन, आलिया सेन, हेमंत भंडारी, अमित रवीन्द्रनाथ शर्मा
निर्देशक : अमित रवीन्द्रनाथ शर्मा
संगीत : तनिष्क बागची, रोचक कोहली, कौशिक(आकाश(गुड्डू, सनी बावरा( इंदर बावरा

कलाकार : आयुष्मान खुराना, सान्या मल्होत्रा, गजराज राव, नीना गुप्ता, शीबा चड्ढा, सुरेखा सीकरी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: