शाहरुखको जन्मदिनको पार्टीमा प्रहरी हस्तक्षेप !

बलिउड सुपरस्टार शाहरुख खानको ५३ औं जन्मदिनको पार्टीमा निकै ठुलो हङ्गामा भएको समाचार छ । भारतीय समाचार मध्यमहरू अनुसार उनको जन्मदिनको अवसरमा आयोजित पार्टीमा  प्रहरीले हस्तक्षेप गरेर डिजे बाद गर्न लगाएको हो ।

शनिबार राति अबेरसम्म मुम्बईको बान्द्रा भन्ने ठाउँमा रहेको एउटा नाइट क्लबमा उनी पार्टीमा व्यस्त थिए, ठीक त्यसै बेला मुम्बई पुलिसको टोली त्यहाँ पुग्यो र पार्टी बन्द गर्न निर्देशन दिएको थियो ।

याे पनि पढ्नुस  रहस्यमय बन्यो अभिनेता विरेन्द्र देवलको हत्या

त्यसबेला बिहानको ३ बजिसकेको बताइएको छ । मुम्बईमा अबेर रातिसम्म होहल्ला गर्दै पार्टी गर्नु गैर कानुनी मानिन्छ ।

उक्त पार्टीमा शाहरुख खानका नजिकका साथीहरू सामेल रहेका थिए । उनीहरू जोर जोरले डिजे बजाउन थालेपछि प्रहरीले हस्तक्षेप गरु परेको बताइएको छ ।

भारतीय समाचार माध्यमहरूले प्रहरीले सङ्गीत बन्दगर्न लगाएकोरा पुलिस उक्त स्थानबाट फर्किए पछि शाहरुख पनि घर फर्किएको बताइएको छ ।

याे पनि पढ्नुस  आफ्ना मान्छेहरुको साथमा काम गर्न मनपर्छ– तब्बु

समाचारहरूमा राति एक बजे ‘अर्थ’ नाम गरेको उक्त रेस्टुरेन्टमा रहेका सर्वसाधारणलाई घर जन भनिएको र त्यसपछि शाहरुखको पार्टी सुरु भएको थियो ।

उक्त पार्टीमा निखिल द्विवेदी, स्वरा भास्कर, बोस्को सीजर र निर्देशक आनंद एल राय पनि देखिएका थिए । प्रहरीले बिहान ३ बजे त्यहाँ पुगेर पार्टी बन्द गर्न लगाएको बताइन्छ ।

याे पनि पढ्नुस  विवादित चलचित्र ‘केदारनाथ’ को ट्रेलर सार्वजनिक, सारा खानका कारण प्रलय

प्रहरी त्यहाँ पुग्नु भन्दा पहिले नै धेरै सेलिब्रिटीहरू त्यहाँबाट गैसकेको भए पनि श्हह्रुख त्यहाँ भएको थाहा पाउना साथ रेस्टुरेन्टबाहिर उनका प्रशंसकहरूको भीड जम्मा भएको थियो ।

यस जन्मदिनको अवसर पारेर उनको महत्वाकांक्षी फिल्म ‘जीरो’को ट्रेलर समेत रिलिज भएको छ ।

यस चलचित्रमा उनी बामपुड्केको भूमिकामा देखा पर्दैछन् ।

कमेन्ट गर्नुहोस्